मानव अधिकार र पत्रकारिता तालिम सम्पन्न 

बिएल संवाददाता

काठमाडाै‌ं
सांकेतिक तस्बिर

‘सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार’ भन्ने मूल नारासहित मानव अधिकार र पत्रकारिता तालिम सम्पन्न भएको छ।

राष्ट्रिय मानव अधिकार आयोग र सञ्चारीका समूह नेपालद्वारा संयुक्त रुपमा आयोजित तालिम आज सम्पन्न भएको हो। 

दुई दिने सो तालिममा सुनसरी, मोरङ, झापा र भोजपुरका गरी ३२ पत्रकार महिलाको सहभागिता रहेको थियो। 

उक्त अवसरमा सबैको अधिकार सुरक्षित हुने गरी समाचार सम्प्रेशन गर्नुपर्नेमा जोड दिनुपर्ने बताउदैं आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले भने, 'मानव अधिकारको प्रवन्धनका लागि कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्दछु।' 

पत्रकार महिलाको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको आयोगका प्रदेश नं १ उपनिर्देशक नीतु गड्तैलाले बताइन्। 'मानिसको जीवन, स्वतन्त्रता, समानता र मर्यादालाई ख्याल गरेर पत्रकारिता गर्नुपर्छ।' 

प्रकाशित मिति: : 2021-01-28 15:45:00

प्रतिकृया दिनुहोस्