सोमबार, १५ डिसेम्बर २०२५

आजबाट स्वस्थानी व्रत सुरु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

हिन्दु धर्मावलम्बीहरुको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजबाट सुरु भएको छ। 

पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वास्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि तथा अमनचयन कायम हुने विश्वास गरिन्छ।

व्रत अवधिभर भगवान शिवको पूजा आराधना गरिन्छ। सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको विश्वासमा व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ। 

व्रतका प्रभावले शिव(पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको हो। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!