बिएल संवाददाता
नेपाल पत्रकार महासङ्घ रसुवा शाखामा निजी क्षेत्रका सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीले पारिश्रमिक नपाएको गुनासो पोखेका छन्।
रसुवामा भएको आयोजित कार्यक्रममा महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य समक्ष पत्रकारले उक्त गुनासो राखेका हुन्।
सबै पत्रकारको हितमा काम गर्ने छाता संस्था नेपाल पत्रकार महासङ्घ भएकोले पारिश्रमिक नदिने निजी सञ्चार गृहको नामावली जिल्ला शाखामार्फत पठाउने उनले बताए। 'त्यस्ता निजी सञ्चार गृहमा घेरा हालेरै भए पनि पारिश्रमिक दिलाइ छोड्ने छौं' उनले भने।
जिल्ला रसुवामा काम गर्ने पत्रकारलाई विपदको समयमा समाचार सङ्कलन गर्न जाँदा चाहिने पूर्व तयारीका सामग्री नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशले रसुवा शाखालाई हस्तान्तरण गरेको छ।
हेमनाथ खतिवडाका अनुसार हस्तान्तरण भएका सामग्रीमा दुई थान झोला, दुई वटा ल्यापटप, दुई थान टर्चलगायत रहेको महासङ्घ रसुवा शाखाले बताए।
उक्त सामंग्री विपद क्षेत्रमा जाँदा निश्चित समयका लागि जाने पत्रकारका लागि मात्र उपलब्ध भएको बताइएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया