सुविधाभोगी हुँदा रोगको जोखिम

अनलाइनखबर

काठमाडाै‌ं

अहिले हामी सुविधाभोगी भएका छौ । बढी सौखिन भएका छौ । फेसनेवल भएका छौ । यसले अनेक स्वास्थ्य समस्या देखिन थालेका छन् ।

गाडी, मोटरसाइकल चढ्नेहरु अहिले कम्मर दुखाईबाट ग्रसित हुन थालेका छन् । किनभने उनीहरुले बाइकराइडिङमा, गाडी ड्राइभिङमा जुन पोजिसन लिन्छ, त्यो एकदमै गलत छ । त्यस किसिमको पोजिसनमा लामो समय बस्नु नै समस्याको जड हो ।

गाडीमा, बाइकमा बस्ने सहि पोजिसन छ । खासमा मेरुदण्डलाई सिधा पारेर सिटमा सहज रुपमा बस्नु राम्रो हो । त्यसो भन्दैमा झुक्नु हुँदैन भन्ने होइन । झुक्ने, घोप्टो पर्ने सबै सहि पोजिसनमा गर्नुपर्छ ।

हामी कार्यलयमा पनि लामो समय एउटै कुर्सीमा बस्छौ, एउटै पोजिसनमा । त्यसरी बस्दा हाम्रो मेरुदण्ड लगायत शरीरका भित्री अंगहरुलाई समेत असर पुगिरहेको हुन्छ । झट्ट त्यसको प्रतिक्रिया नदेखिने भएकाले हामीले आफ्नो पोजिसन बदल्दैनौ । तर, समयक्रममा त्यो पोजिसनले हामीलाई समस्या आउन थाल्छ ।

अहिले हाइ हिल लगाउने चलन व्यापक छ । फर्मल वेयरमा हाइ हिल अनिवार्य जस्तै भएको छ । यसले पनि ब्याक पेनको समस्या चाडै निम्त्याउने गरेको छ । अक्सर अहिले धेरैले ल्यापटपमा काम गर्छन् । ल्यापटपमै फिल्म हेर्ने, फोटो, भिडियो हेर्ने, फेसबुक चलाउने गरिन्छ । काखमा ल्यापटप राखेर एउटै पोजिसनमा घन्टौ बस्दा ढाँड, गर्दन दुख्छ ।

यस्तो समस्या साना बालबालिकामा समेत देखिन थालेको छ । चिकित्सकहरुको अनुसार अहिले गर्दन दुख्ने समस्या लिएर बालबच्चाहरुलाई अस्प्ताल ल्याउन थालिएको छ । मोवाइल, ट्याब्लेटमा एकोहोरिएर गेम खेल्ने, भिडियो हेर्ने बच्चाहरुमा यस्तो समस्या देखिएको छ ।

प्रकाशित मिति: : 2021-01-27 11:48:00

प्रतिकृया दिनुहोस्