नेपालमा कोरोनाविरूद्ध खोप अभियान सुरू

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले आजदेखि कोरोनाविरूद्ध खोप अभियान सुरू गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप अभियानको सुरूवात भएको घोषणा गरेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरूद्ध खोप कार्यक्रम अभियानमा पठाएको शुभकामना सन्देश पढेर सुनाएका छन्। 

त्रिपाठीले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलगायतलाई धन्यबाद दिदै उनले खोप लगाउन स्वास्थ्यकमीलगायतलाई आग्रह गरेका छन्।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिनेहरू, शव व्यवस्थापनमा खटिएकाहरू, सरसफाइकर्मी, एम्बुलेन्स चालकलाई कोरोनाविरूद्ध खोप लगाउँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाभित्र करिब १७ केन्द्र र देशभर गरी कूल १२० केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाउन सुरू गरिनेछ।

प्रकाशित मिति: : 2021-01-27 10:34:00

प्रतिकृया दिनुहोस्