रातोपाटी
चारवटा वाणिज्य बैङ्कले चालू आर्थिक वर्ष (२०७७/७८) को दोस्रो त्रैमासकोे वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण सार्वजनिक गरेका एउटाबाहेक ३ वटा बैङ्कले नाफा बढाएका छन् । कुमारी बैङ्क त नाफामा आक्रामक देखिएको छ । दोस्रो त्रैमासमै अर्बपति क्लबमा उभिन कुमारी बैङ्क सफल भएको छ । यसको नाफा अर्बभन्दा माथि छ ।
यद्यपि दोस्रो त्रैमासको प्रतिवेदन सबैभन्दा पहिला प्रकाशित गरेको नेपाल इन्भेस्टमेन्ट बैङ्कको खुदा नाफा भने घटेको छ । उसका अधिकांश सूचक ओरालो लागेका देखिन्छन् । उसो त सिटिजन्स बैङ्क पनि नाफामा नै देखिएको छ । यता आज मात्र वित्तीय विवरण सार्वजनिक गरेको नेपाल बङ्गलादेश बैङ्कको नाफामा पनि बढोत्तरी देखिएको छ । दोस्रो त्रैमासमा आइपुग्दा अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैङ्कहरु को कस्तो देखिए ?
यस्तो छ वित्तीय विवरण विश्लेषण
कुमारी अर्बपतिमा, इन्भेस्टमेन्टको नाफा खुम्चियो
सबैभन्दा बढी नाफा कमाउनेमा कुमारी बैङ्क देखिएको छ । पुस मसान्तसम्म बैङ्कको नाफा ५१.४९ प्रतिशतले बढेर १ अर्ब २१ करोड ६५ लाख ५८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ८० करोड ३० लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो । बैङ्कको वितरण योग्य नाफा ३.१९ प्रतिशतले घटेको छ । बैङ्कको वित्तरण योग्य नाफा ६३ करोड ७५ लाख ५५ हजार रुपैयाँ छ ।
यता नेपाल बङ्गलादेश बैङ्कको नाफामा पनि बढोत्तरी छ । बैङ्कको खुद नाफा १६.५२ प्रतिशतले बढेको छ । बैङ्कले ९४ करोड १२ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको हो । गत वर्षको यसै अवधिमा बैङ्कले ८० करोड ७७ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया