उखु किसानकाे गुनासो : सरकारले आन्दोलनमा उत्रिन बाध्य बनाएर किसान मार्न खोज्यो

शिलापत्र

काठमाडाै‌ं

 रमेश भारती

सरकारले पुसामा काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसानलाई २१ दिनभित्र ६६ करोड वक्यौता चिनी मिलसँग दिलाइदिने सहमति गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २१ दिनभित्र उखु किसानले पाउन बाँकी वक्यौता तिराउने आश्वासन पाएपछि किसानले १२ पुसमा आन्दोलन स्थगित गरेका थिए ।

सर्लाही, रौतहट, नवलपरासी, कपिलवस्तुलगायतका तराईका जिल्लाबाट किसानहरू उखु बेचेको वक्यौता नपाएको भन्दै गत वर्षदेखि आन्दोलन गर्न काठमाडौं आउने गरेका छन् । 

आन्दोलन गर्न आएका एक जना किसानको मृत्युसमेत भएको थियो । काठमाडौं आन्दोलन गर्न आएका सर्लाही रामनगरका किसान नारायणभगत यादवको मृत्यु भएको थियो । यादवको सरकार र उखु किसानबीच भुक्तानी तिर्ने सहमति भएको भोलिपल्ट उनको मृत्यु भएको हो ।

सरकारले ५ वर्षदेखि उखु किसानलाई विभिन्न बहानामा झुक्याउँदै आएको आन्दोलनरत उखु किसान सघंर्ष समितिका सचिव हरिश्याम राय बताउँछन् । 

प्रकाशित मिति: : 2021-01-26 13:42:00

प्रतिकृया दिनुहोस्