भारतको उडिसामा रहेको कोरापुत जिल्लामा कोभिडविरुद्धको खोप लगाउने कार्यक्रम शुरू गरिएको छ ।
रोयटर्स समाचार संस्थाका संवाददाता देवज्योत घोषालका अनुसार देवीदेवताको तस्वीरलाई कुर्सीमा राखेर त्यसअगाडि काँचो नरिवल फुटाएर खोप लगाउने कार्यक्रम शुरू गरिएको हाे।
माथालपुत सामुदायिक स्वास्थ्य केन्द्रमा उनीहरूले देवीदेवतालाई खुशी बनाउन पूजाआजा गरेर काँचो नरिवल फुटाइएको थियो ।
पहिलाे चरणमा आदिवासी समुदायका मानिसलाई खोप दिइएको थियो ।