ओलीको त्यो प्रस्ताव देउवाले पटक–पटक सुनाएपछि...

रातोपाटी

काठमाडाै‌ं

काठमाडौं । प्रदेश संसदीय दललाई स्वायत्तता दिने विषयमा नेपाली काँग्रेसमा मतभेद देखिएको छ । प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपाको प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएपछि आन्तरिक छलफलमा जुटेको काँग्रेसभित्र प्रदेश संसदीय दललाई स्वायत्तता दिने सवालमा मतभेद देखिएको हो ।

अविश्वासको प्रस्ताव पास वा फेल गराउन दुवै प्रदेशमा निर्णायक भूमिकामा देखिएको काँग्रेस नेकपाका दुवै समूहको तानातानमा परेको छ । तर काँग्रेसमा भने प्रदेश संसदीय दललाई स्वायत्त अधिकार दिने कि नदिने भन्नेमा मतभेद छ ।

प्रदेश सरकार निर्माणका विषयमा प्रदेश संसदीय दललाई आवश्यक निर्णय गर्न दिनु व्यवहारिक र लोकतान्त्रिक हुने सभापति शेरबहादुर देउवाको धारणा छ ।

तर, काँग्रेसको प्रदेश कार्यसमिति गठन नभएकाले केन्द्रले नीतिगत निर्णय नलिई प्रदेश संसदीय दललाई स्वायत्त अधिकार दिन नहुनेमा वरिष्ठ नेता रामचन्द्र पौडेलको जोड छ ।

प्रकाशित मिति: : 2021-01-26 10:51:00

प्रतिकृया दिनुहोस्