आन्दोलन कति कति, फेरिएन दुर्गति !

अनलाइनखबर

काठमाडाै‌ं

विश्वास खड्काथोकी

 सवारीको जाम भइरहने भन्द्रकालीदेखि रत्नपाकसम्मको बाटो शुक्रबार मान्छेहरुले जाम थियो । खुलामञ्चलाई घेरेको सडकमा सवारी गुड्न छाडेर मान्छेहरुको जाम भयो भने बुझ्नुपर्छ – देशमा केही अनिष्ट भइरहेको छ, या हुँदैछ । वा देशमा केही फेरबदल आउनेवाला छ । इतिहासको पाना पल्टाउने हो भने देखिने चित्र यही हो ।

शुक्रबार काठमाडौंका नौ वटा चोकहरुबाट हँसिया हटौंडा र सूर्यअंकित रातो झण्डा फहराउँदै हजारौँको संख्यामा निस्किएको आन्दोलन पनि ओलीको कदमकै विरोधको स्वरुप थियो । सत्ता समीकरणमा अलग्गिएर सडकमा आएका माधवकुमार नेपाल र पुष्पकमल दाहालको नेतृत्वमा निस्किएको थियो यो जुलुसमा दशौँ हजारको उपस्थिति थियो ।

जुलसमा काठमाडौंबासी भन्दा बढी उपत्यका बाहिरबाट गाडी रिजर्भ गरेर जनतालाई काठमाडौं ओरालिएको थियो । मधेसबाट एक चौथाइभन्दा बढी मानिसको उपस्थिति देखिन्थ्यो । कोही चप्पल पड्काएर आन्दोलनमा दौडिएका थिए, कोही नानीलाई पिठ्युँमा बोकेर झण्डा उचालिरहेका थिए । कोही सेताम्य फुलेका दाह्री लिएर ७० वर्षको उमेरमा पनि घिकिर-घिकिर गर्दै भनिरहेका थिए – केपी ओली मूर्दावाद ! संसद विघटन गर्न पाइँदैन …।

प्रचण्ड-माधवले घोषणा गरेको एक लाख मानिस उतार्ने योजनामा उनीहरु करिव-करिव सफल भए । यसर्थ शुक्रबारको प्रदर्शन पछिल्लो दशककै सबैभन्दा ठूलो हो ।

प्रकाशित मिति: : 2021-01-25 13:03:00

प्रतिकृया दिनुहोस्