पहिलोपोष्ट
वैशाख १७ को नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीका लागि निकै पेचिलो बन्यो। महाधिवेशनमा आफूलाई काँध हालेका उपध्यक्ष वामदेव गौतमले साथ छोडेपछि ओली अल्पमतमा थिए। कार्यकारी अध्यक्ष प्रचण्डको पक्षमा बहुमत सदस्य उभिएपछि ओली झस्कनु स्वभाविक थियो। त्यसअघि पनि नेकपामा विवाद भएकै थियो तर ओलीको कुर्सी भने जोगियो नै। तर, वैशाख १७ ले ओलीको पद सुरक्षित हुने छाँट देखाएन। ओलीमाथि बहुमतको डर देखाउने सबैभन्दा पहिलो नेता त्यो दिन गौतम देखिए।
उनले ओलीको कटु आलोचना गरे। ओली कम्युनिस्ट नेता नै नभएको टिप्पणी थियो उनको। गौतमसँगै ओलीइतरका नेताहरुले ओलीले पार्टी विभाजनका लागि अध्यादेश ल्याएको भन्दै राजीनामा दिनुपर्ने माग राखे। र उनीहरु एक मत भए। ओली इतरका अरु सचिवालय सदस्यले भने संसद विघटन र पार्टी विभाजनको अवस्थासम्म पनि अडान कायमै राखे। गौतमले भने क्याम्प फेरिरहे।
कहिले ओलीलाई त कहिले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहलाई उनको साथ रह्यो। हाल भने उनी दुवै समूहमा छैनन्। बरु उनी तेस्रो शक्ति निर्माणमा जुटेका छन्। माघ १४ मा गौतमले नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गर्दै छन्। गौतम एकता अभियान घोषणामा केन्द्रित भए पनि ओली र प्रचण्ड-नेपाल दुबै समूहले आफूलाई साथ दिन अफर गरिरहेका छन्। तर उनी राजी भइसकेका छैनन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया