गोर्भु सुनाहको घर

सविता बुढा

छेउमै वडा कार्यालयले बनाइदिने भनेको अधुरो घर छ। गोर्भु सुनाहको परिवार भने त्यही अधुरो घर हेर्दै चिसो शितलहरबाट बच्ने दिनको पर्खाइमा छन्। 

गोर्भुकी छोरी च्यातिएको त्रिपाल हेरेर सोध्छिन्- हाम्रो राम्रो घर किन छैन, बाबा?

उनले यही प्रश्न गोर्भुलाई गरेको ६ वर्ष पुग्नै लाग्यो।

गोर्भुले यस सालको चिसोमा त्रिपालमुक्त हुन्छु सोचेका थिए।

उनले छोरीलाई पनि यसपाला त राम्रो घर अवश्य बन्छ भनिसकेका थिए। गत वर्षको जेठ भित्रै घर बन्ने आशामा बसेको गोर्भुको परिवारको पर्खाई अहिलेसम्म पनि पूरा  भएको छैन।  

घर बन्ने आसैआसमा दिन काटेको उनीहरूको २ वर्ष पुग्न लागेको छ।  

‘पोहर साल जेठमै घरमा बस्न पाउने हाम्रो सपना थियो। अब अर्काे वर्षको जेठ आउनै लाग्दासम्म पनि पूरा हुने हो कि होइन,’ उनले भने।

कञ्चनपुरको भीमदत्त नगरपालिका- १२ र १३ मा स-साना घरका चार बस्ती छन्।

प्रकाशित मिति: : 2021-01-25 12:57:00

प्रतिकृया दिनुहोस्