कोरोना देखिएपछि सल्यानका तीन विद्यालय बन्द

सांकेतिक तस्बिर

वनगाड कुपिण्डे नगरपालिकाको तिन विद्यालयमा संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ। 

शिक्षक र विद्यार्थी गरी १६ जनामा संक्रमण देखिएपछि एक साताका लागि विद्यालय बन्द गरिएको वनगाड कुपिण्डेका नगर प्रमुख गोविन्दकुमार पुनले जानकारी दिए। 
    
नगरपालिकाका प्रभाकर माध्यमिक विद्यालय देवस्थल, मुक्ति माध्यमिक विद्यालय हिले पोखरी र गंगा प्राथमिक विद्यालय बन्द गरिएको उनले बताए। 

'ती विद्यालयका ४६ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा शिक्षक र विद्यार्थी गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको थियो' उनले भने। 

उनका अनुसार विद्यालयका सबै शिक्षक र विद्यार्थी कोरोनाको उच्च जोखिममा पर्ने देखिएपछि विद्यालय बन्द गरिएको हो। 

तीनै विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना हुन सक्ने सम्भावना देखिएपछि सबैजनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि सुर्खेत पठाइएको उनले बताए। 

सबैको रिपोर्ट नेगेटिभ नआउँदासम्म विद्यालय सञ्चालन गर्न नसकिने उनको भनाइ छ। 
    

प्रकाशित मिति: : 2021-01-24 19:58:00

प्रतिकृया दिनुहोस्