अनलाइनखबर
११ माघ, काठमाडौं । गत शुक्रबार प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्यो । त्यति नै बेला ओली समूहले बबरमहलस्थित कार्की बैङ्क्वेटमा कार्यकर्ता भेला गरेको थियो, जहाँ प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि खनिए ।
९४ वर्षीय भण्डारी सबैभन्दा ज्येष्ठ वकिल हुन् । राजा महेन्द्रले गरेको प्रधानन्यायाधीश बन्ने प्रस्तावलाई समेत अस्वीकार गरेका भण्डारीलाई न्याय क्षेत्रमा सबैले सम्मान गर्छन् । २८ बैशाख १९८४ मा रौतहटमा जन्मिएका उनी हरेक दिन बिहान पाँच बजेर उठेर न्यायिक काममा जुट्छन् ।
नेपाल बार काउन्सिलको लाइसेन्स नम्बर १ यिनै वरिष्ठ अधिवक्ताका नाममा छ । ३० बैशाख २०१४ मा अधिवक्ताको लाइसेन्स प्राप्त गरेका उनी न्याय र निष्ठाका पर्याय मानिन्छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्यान मुद्दा लागेको झापा काण्ड सम्बन्धी मुद्दामा पनि भण्डारीले निःशुल्क बहस गरेका थिए । तिनै भण्डारीलाई ओलीले गत शुक्रबार कार्की बैंक्वेटमा भने, ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन्, त्यहाँ (अदालतमा) तमासा देखाउन ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया