प्रतिनिधिसभा निर्वाचनकाे पूर्वतयारीमा जुटे राेल्पा

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै एकथरी चुनावी अभियान लागेका छन्। 

प्रधानमन्त्री चुनावमा केन्द्रित भएतापनि संसद विघटन गैरसंवैधानिक भएको भन्दै अर्कोथरी पुनःस्थापनका लागि संघर्षमा उत्रिएका छन्। यद्यपि याे मुद्राकाे सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा बहस जारी छ।

सरकारले निर्वाचनको मिति घोषण गरेसँगै जिल्लामा निर्वाचनको पूर्वतयारीका काम तिब्रताका साथ सुरु गरिएको छ । 

आगामी वैशाखमा दुई चरणमा प्रतिनिधसभा निर्वाचनको मिति ताेकिएसँगै निर्वाचन पूर्वतयारीका काम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकृत किरण जोशीले बताइन्। 

निर्वाचन अधिकृत जोशीका अनुसार निर्वाचनलाई लक्षित गरि जिल्ला स्थिति राजनीतिक दल तथा स्थानीय तहका प्रमुखहरुसँग बैठक सम्पन्न भएको छ।

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, झुठा विवरणविरुद्ध उजुरी दिने, दोहोरो नामावली हटाउने लगायतका कामका लागि  माघ १५ गतेदेखि २४ गतेसम्म समय निर्धारण गरिएको छ।

सहायक नाम दर्ता अधिकारी नियुक्ति तथा कार्यालय स्थापाना, मतदाता स्थल र केन्द्र छनोटका लागि सुझाव संकल्लन लगायतका कामहरु सुरु गर्न लागेको अधिकृत जाेशीले बताइन्।

प्रकाशित मिति: : 2021-01-24 17:51:00

प्रतिकृया दिनुहोस्