पिछडावर्गको राष्ट्रिय अध्यक्षमा महतोसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्ष पदमा रामकुमार महतोसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।  

जनकपुरको उघोग बाणिज्य संघमा शनिबारदेखि चलिरहेको पिछडावर्ग ओबिसीको महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा महतोसहित ४१ जना नयाँ पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । 

निर्वाचित नयाँ कार्य समितिमा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, सह–महासचिव २ जना, सचिव २ जना, कोषाध्यक्ष १ जना, सह–कोषाध्यक्ष १ जना रहेका छन् ।

यस्तै महिला सदस्य १० जना र पुरुष सदस्य १८ जना गरि ४१ जनाको कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत कालेश्वर महतोले प्रमाण पत्र वितरण तथा सपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति: : 2021-01-24 16:17:00

प्रतिकृया दिनुहोस्