बिएल संवाददाता
लिग टु क्लब चेल्टेनहम टाउनमाथि पूनरागमन जित निकाल्दै म्यानचेस्टर सिटीले एफए कपको प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ।
चेल्टेनहममा शनिबार राति भएको खेल सिटीले एक गोलले पछि परेको अवस्थामा अन्तिम १० मिनेटमा ३ गोल गरेपछि ३–१ को पूनरागमन जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको हो।
सिटीको पूनरागमन जितमा फिल फोडेन, गाब्रियल जेसस र फेरान टोरेसले गोल गरे। घरेलु टोलीका एल्फी मेको गोल सान्त्वना बन्यो।
५९औं मिनेटमा एल्फी मेले घरेलु टालीलाई १–० ले अघि बढाए। ८१औं मिनेटमा जोओ क्यान्सेलोको पासमा फिल फोडेनले गोल गर्दै सिटीलाई खेलमा फर्काए।
८४औं मिनेटमा जेससले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए। ९०औं मिनेटमा इल्केए गुन्डोगानको पासमा फेरान टोरेसले गोल गर्दै सिटीलाई जित दिलाए।
अब सिटीले क्वाटरफाइनल प्रवेशका लागि स्वान्सी सिटीको सामना गर्नेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया