स्वरका कुबेर ध्रुव केसी

रातोपाटी

काठमाडौँ

 

नरेन्द्रराज प्रसाई

मायाको डोरी लम्किरहेछ कहाँ गई अल्झने हो

कसैलाई बाँधी ल्याउने पो हो कि

मलाई नै तानी लाने हो ?

(स्वर : ध्रुव के.सी., सङ्गीत र शब्द : वीणा राणा)

ध्रुव के.सी.ले अत्यन्तै थोरै गीत गाए; तर यिनका गीत सबै प्रसिद्ध भए । के.सी.को नाउँ चलेअनुसार उनका गीत अत्यन्तै थोरै छन् । यसको अर्थ के हुन्छ ? यसको अर्थ हुन्छ उनका गीतमा गुणात्मकता छ । उनी स्वरका शिखर मानिन्छन् । उनका स्वरमा टाँस्सिने नेपालीहरू थुप्रै छन् । त्यही कारणले ध्रुव के.सी. नेपाली गायनमा अजम्मरी भए । उनको स्वरले उनी विश्वभरिका नेपालीहरूबीच अतिप्रिय भए ।

ध्रुव के.सी. २००३ साल मङ्सिर १ गते काठमाडौँमा जन्मे । उनका बाबु यज्ञबहादुर के.सी. र आमा पद्मकुमारी के.सी.का दस जना सन्तानमध्ये उनी जेठा छोरा थिए । जेठो छोराको घरायसी दायित्व बोकेर पनि यी सङ्गीतको आराधनामा नै चुर्लुम्मै डुबेका थिए ।

ध्रुव के.सी. का बाबु हार्मोनियम बजाउनमा सौखिन थिए । बाबुले बजाएका औँलाऔँलामार्फत् ध्रुव के.सी. आफ्ना बालऔँला लगेर हार्मोनियमको रिड छुन्थे । त्यसैले उनी बाल्यकालमा नै हार्मोनियम बजाउन सिपालु भइसकेका थिए । वास्तवमा आफ्ना बाबुले हार्मोनियम बजाएर भजन गाउँदा उनी त्यस बेला उत्साहित भएर तबला बजाउने गर्थे । उनी आफ्ना बाबुको अनुपस्थितिमा प्रायः हार्मोनियम बजाउँदै गीत गाउने गर्थे  ।

प्रकाशित मिति: : 2021-01-23 12:22:00

प्रतिकृया दिनुहोस्