सुधीर चौधरीलाई कालापत्थर पुर्‍याउने पाइलट भन्छन्ः त्यस्तो भिडिओ खिच्ने प्रिप्लान रै’छ, टीआरपी बढाउन होला

नेपाल खबर

काठमाडौँ

बसन्त अर्याल

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन अघिल्लो हप्ता काठमाडौं आएका भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथाको आधार शिविर कालापत्थर पुगेर विवादास्पद अभिव्यक्ति दिए। कालापत्थरमा रेकर्ड गरिएको आफ्नो टेलिभिजन कार्यक्रममा भारतले सगरमाथालाई ‘माउन्ट सिकदर’ नामाकरण गर्नुपर्ने उनले बताएका थिए।

नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप हुनेगरी चौधरीले दिएको अभिव्यक्तिका नेपाली आक्रोशित हुनु स्वभाविक थियो। किनभने विश्वमा नेपालको चिनारी बनेको सगरमाथालाई नेपालीहरु असाध्यै प्रेम गर्छन्। विश्वको यो सर्वोच्च शिखरलाई चिनियाँहरु चोमोलुङ्मा भन्छन् भने अन्य मुलुककाले माउन्ट एभरेस्ट। चौधरीले भने सगरमाथाको सुरुवाती उचाइ पत्ता लगाउने भारतीय नापी विभागका कर्मचारी राधानाथ सिकदरको नाममा यसको नामाकरण गर्नुपर्ने तर्क गरे, जसले ठूलो विवाद निम्त्यायो।

यही विवादका बीचमा एक जना पाइलटको नाम चर्चामा आयो। उनी हुन्– सिम्रिक एयरका क्याप्टेन सिद्धार्थ गुरुङ। जसले सुधीर चौधरीलाई हेलिकोप्टरमा कालापत्थर पुर्‍याएका थिए।

आफ्नो व्यावसायिक कर्तव्य पुरा गरेका गुरुङ चौधरीको कार्यक्रमलाई वास्ता गर्न नहुने बताउँछन्।

प्रकाशित मिति: : 2021-01-23 12:15:00

प्रतिकृया दिनुहोस्