शाहरुख खान अभिनित फिल्म ‘पठान’ को सेटमा सहायक निर्देशकद्धारा निर्देशक सिद्धार्थ आनन्दलाई थप्पड हानेको घटनामा निर्माता आदित्य चोपडाले दुःख प्रकट गरेका छन्। उनले यो विषयलाई गम्भीरताका साथ लिँदै घटनाको छानवीन गर्न भनेका छन्।
बुधबार भारतीय मिडियामा एउटा समाचारले प्रमुखता पाएको थियो कि फिल्मको सेटमा सहायक निर्देशकले सिद्धार्थलाई सेटमै थप्पड हिर्काए। सहायक निर्देशकले सेटमा क्यामरा, मोबाइल प्रवेशमा निषेध गरेपनि लगिरहेका थिए। सिद्धार्थले यसलाई रोक्न खोजेका थिए। तर, उनले अस्विकार गरेपछि विवाद बढेको थियो।
यो घटनापछि एक दिनका लागि सुटिङ रोकिएको छ भने सहायक निर्देशकलाई जागिरबाट हटाइएको मिडियाको रिपोर्टमा उल्लेख छ। पठानमा दीपिका पादुकोण र डिम्पल कपाडियाको पनि प्रमुख भूमिका छ। यस फिल्ममार्फत शाहरुख तीन वर्षपछि फिल्ममा फर्किदैछन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया