प्रदेश १ र बागमती प्रदेश सरकारमा कांग्रेस सहभागी नहुने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रदेश १ र बागमती प्रदेश सरकारमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीले राखेकाे प्रस्ताव कांग्रेसका नेताहरुले अस्वीकार गरेका छन्। 

सभापति शेरबहहादुर देउवाले शुक्रबार बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए।

तर जवाफमा कांग्रेसका केन्द्रीय सदस्यहरुले उक्त प्रस्तावमा असहमति जनाएको कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बताए।

उनले भने, ‘सभापति देउवाको प्रस्तवामा कांग्रेसका केन्द्रीय सदस्यहरुले अहसमति जनाएका छन्।’

प्रकाशित मिति: : 2021-01-22 14:20:00

प्रतिकृया दिनुहोस्