सोमबार, १५ डिसेम्बर २०२५

सुनको मूल्य २ सय रुपैयाँले घट्याे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । 

अघिल्लो दिनको तुलनामा शुक्रबार सुन तोलामा दुईसयले घट्दै ९२ हजार ९०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा  कारोबार भइरहेको छ । 

आज चाँदी तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी तोलामा १२७५ रुपैयाँमा कारोबार भएको थियो ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!