बिएल संवाददाता
विश्व हिन्दू युवा संघका प्रवक्ता अनुराग शाहले हिन्दू धर्म नेपालको पहिचान भएको र यसलाई समाप्त पार्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन्।
उनले बिहिबार एक वक्तव्य जारी गर्दै नेपाललाई हिन्दू राष्ट्र होइन भन्नु र संविधानमा धर्म निरपेक्षताको ब्यबस्था गर्नु भनेको दुध कालो हुन्छ भन्नु जस्तै भएको जिकिर गरेका छन्।
शाहले वक्तव्यमा भनेका छन्,'कागजमा दुध कालो हुन्छ भनेर लेख्दैमा दुध कालो हुँदैन। ठिक त्यसरीनै नेपालको संविधानमा नेपाललाई धर्म निरपेक्ष मुलुक लेख्दैमा नेपाल हिन्दू राष्ट्र होइन भनेर कसैले पत्याउदैनन्।'
उनलरे कसैले नपत्याउने कुरा लेखेर संविधान जस्तो पबित्र कुरालाई मजाकको बिषय नबनाउ समेत आग्रह गरेका छन्।
'संविधान मजाककाे बिषय हाेइन। तत्काल संविधानबाट धर्म निरपेक्षता हटौँ र नेपालको पहिचानलाई विश्व समुदायसम्म पुर्याउन सक्दैनाैं,' उनले भनेका छन्।
प्रवक्ता शाहले विश्वमा भएका सबै देशको धार्मिक पहिचान भएको भन्दै नेपालको पनि धार्मिक पहिचान समाप्त नपार्न सबैलाई आग्रह गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया