पोम्पिओसहित २८ अमेरिकी राजनीतिज्ञलाई चीनले लगायाे प्रतिबन्ध

बिएल संवाददाता

न्युयाेर्क

चीनले डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाका विदेशमन्त्री रहेका माइक पोम्पिओसहित २८ अमेरिकी राजनीतिज्ञलाई प्रतिबन्ध लगाएको छ।

चीनको विदेश मन्त्रालयले अमेरिकाका चिनियाँविरोधी राजनीतिज्ञले राजनीतिक स्वार्थ र पूर्वाग्रहका कारण चीनविरूद्ध घृणा फैलाइरहेको उल्लेख गर्दै त्यस्ता २८ जनालाई आफ्नो देशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो।

सार्वजनिक सूचीअनुसार तिनमा माइकल आर पोम्पिओ, पिटर के नेवेरो, रबर्ट सी ओब्रायन, डेविड आर स्टिलवेल, म्याथ्यु पटिङ्गर, एलेक्स एम अजर, किथ जे क्रेच, केली डिके क्राफ्ट साथै ट्रम्प प्रशासनमा रहेका जन बल्टन र स्टिफन बेनन पनि छन्।

ट्रम्प राष्ट्रपति पदबाट बिदा हुँदै गर्दा कार्यकालको अन्तिम दिन पोम्पिओले उइगर मुसलमानका विषयमा चीनविरुद्ध गम्भीर आरोप लगाएका थिए।

 चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  '२८ जनाविरुद्ध प्रतिबन्ध लगाइएको छ। जसले चीनको सम्प्रभुताको गम्भीर उल्लंघन गरेका छन् र यसमा मुख्य रूपमा अमेरिका जिम्मेवार छ।'

उनीहरुलाई हङकङ र मकाउसहित भूभागमा भ्रमण गर्न पनि प्रतिवन्ध लगाइएकाे छ।

'यी व्यक्ति तथा यिनका परिवारका सदस्यलार्य चीनको मुख्य भूमि, हङकङ र मकाउ अफ चाइनमा आउन प्रतिबन्ध लगाइनेछ। साथै यीसँग सम्बन्धित कम्पनी÷संस्थानलाई चीनमा व्यापार गर्न पनि निषेध गरिएको छ,'चीनले वक्तव्यमा भनेको छ । 

प्रकाशित मिति: : 2021-01-21 07:36:00

प्रतिकृया दिनुहोस्