शिलापत्र
नवराज पराजुली
सन्दीप लामिछाने भारतमा थिए । आईपीएल खेल्न । मोदी नेपालमा थिए । नेपाल खेल्न । सन्दीप बल लिएर भारतमा दौडिरहेका थिए । विराट कोहली हातमा ब्याट लिएर पर्खिरहेका थिए ।
त्यतिखेर केपी ओली बोली लिएर जनकपुरतिर दौडिरहेथे । नरेन्द्र मोदी हातमा माइक लिएर उभिरहेका थिए । हामी नेपालीको नाकमुख बन्द हुनेगरीको नाकाबन्दीपछि मोदी नेपाल आएका थिए । माग्नुपर्थ्यो तर मोदीले नाकाबन्दी गरेकोमा माफी मागेनन् । बरु ओलीले मोदीसँग मागे । माफी हैन । अरू नै केही ।
दुबै सायरहरू मिलेर जनकपुरमा मुसायरा गरे । मोदीले सीता रामको कहानी सुनाए । ओलीले उखान सुनाए । सक्यो । मट्याङ्ग्राको नास ।
लाचार नेपाली जनताले केही गर्न सकेनन् ।
तीनै लाचार नेपालीहरू संसारभरीबाट सन्दीपले भारतमा खेलिरहेको त्यो क्रिकेट खेल हेरिरहेका थिए । सारा नेपालीहरू चाहन्थे कि हाम्रो सन्दीपले विराट कोहलीलाई आउट गरुन् । कारण थियो- नेपालीले विराट कोहलीमा नरेन्द्र मोदी देख्थे । कारण थियो- कोहली भारतका सबैभन्दा शक्तिशाली ब्याट्सम्यान थिए । मोदी भारतका सबैभन्दा शक्तिशाली मान्छे ।
जसरी भारत सरकारले नेपाल सरकारलाई हेपेको थियो त्यसरी नै नेपाली चाहन्थे कि सन्दीपले पनि विराट कोहलीलाई क्याच आउट नगराउन् । एल बी डब्लुमा नपारुन् । सिधा क्लिन बोल्ड गरुन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया