बर्सेनि करोडमा तलब बुझ्छन् बैंकका सिइओ, कसको कति?

सेतोपाटी

काठमाडाैं

तलब, भत्ता लगायत अरू सेवा-सुविधाका आधारमा बैंकिङ क्षेत्र धेरै माथि छ। 

कोरोना प्रभावले अन्य धेरै क्षेत्रका पेसाकर्मीको तलब, ज्याला प्रभावित भयो। तर बैंकिङ क्षेत्रमा काम गर्ने कसैको पनि तलब-सुविधा कटौती भएन। 

अन्य क्षेत्रको तुलनामा बैंकमा काम गर्ने कर्मचारीको औसत मासिक तलब, भत्ता उच्च रहेको राष्ट्र बैंककै अध्ययनले देखाउँछ। 

गत आर्थिक वर्ष कोरोनाको असरले बैंकका कर्मचारीको तलब, भत्ता वृद्धि न्यून देखिए पनि अघिल्लो वर्ष २५ प्रतिशत बढेको राष्ट्र बैंकको 'स्यालरी इन्डेक्स' मा उल्लेख छ। जुन बृद्धिदर अन्य सबै क्षेत्रका कर्मचारीकोभन्दा धेरै हो। 

'कोरोनाको प्रभाव देखाएर कुनै पनि बैंकले आफ्ना कर्मचारीको तलब, भत्ता कटौती गरेको थाहा छैन,' नबिल बैंकका सिइओ अनिलकेशरी शाहले भने। 

वित्तीय क्षेत्र पारदर्शी हुनुमा कर्मचारीको सेवा-सुविधा राम्रो हुनु पनि प्रमुख कारण रहेको उनको भनाइ छ।

'बैंक मात्रै नभई अन्य क्षेत्रमा पनि कर्मचारीको सेवा-सुविधा राम्रो होस्, ताकि चियापान खर्चका नाममा सेवाग्राहीसँग कसैले घुस नलिऊन्,'  सेतोपाटीसँगकाे कुराकानीमा उनले भने। 

बैंकमा काम गर्ने कर्मचारीले मासिक तलबका अलवा सञ्चित बिदाको भत्ता, संस्थाको नाफाबाट प्राप्त हुने भत्ता, दसैं भत्ता, सामाजिक सुरक्षा कोष, बीमा लगायत सुविधा पाउँछन्। 

प्रकाशित मिति: : 2021-01-19 11:53:00

प्रतिकृया दिनुहोस्