बाह्रखरी
काठमाडौं । काठमाडौंमा कहिले मेलम्ची खानेपानीको नाममा त कहिले सडक विस्तारको नाममा, कहिले ढल निकासको नाममा त कहिले भूमिगत केबलको नाममा जथाभावी सडक भत्काउँदै छाड्ने काम उपत्यकामा यत्रतत्र देख्न सकिन्छ ।
यस्ता विभिन्नखालका आयोजनामा निर्माण व्यवसायीलाई सडक भत्काउन हतारो हुन्छ । तर, भत्काएका सडकको मर्मत–सम्भारमा खासै ध्यान दिइँदैन । यसको प्रत्यक्ष मारमा उपत्यकावासी छन् ।
‘मेलम्चीको काम सकिएपछि धुलोधुवाँमुक्त’
काठमाडौं महानगरपालिकाले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएपछि काठमाडौं धुलोधुवाँमुक्त हुने बताउँदै आएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानीको काम सकिएपछि काठमाडौंवासी धुलोधुवाँमुक्त हुने दाबी गर्दै आएका छन् ।
गत पुस २२ गते काठमाडौं महानगरपालिकाले मेलम्ची नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेको थियो । सो अवसरमा मेयर शाक्यले भनेका थिए, ‘‘मेलम्ची खानेपानीको काम अन्तिम चरणमा पुगेको छ । काम सकिएपछि काठमाडौं धुलोधुवाँमुक्त हुनेछ ।’’
‘तत्काल धुलोधुवाँ र हिलोमुक्त हुन मुस्किल’
सडक विभागका अधिकारीहरु भने उपत्यकावासी तत्काल धुलोधुवाँ र हिलोमुक्त नहुने बताउँछन् । सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको काम, ढल निकास, नेपाल विद्युत् प्राधिकरणको बिजुलीको केबल भूमिगत गर्ने काम भइरहेको छ ।
सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीका अनुसार तत्काल राजधानी धुलोधुवाँ र हिलोमुक्त हुँदैन । ‘‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले उपत्यकाका बाँकी क्षेत्रमा मेलम्चीका पाइप बिछ्याउन सहमति मागेको छ,’’ उनले भने, ‘‘एकातिर विद्युत्का केबल तार भूमिगत भइरहेका छन् । अब केही क्षेत्रमा पाइप बिछ्याउने काम अघि बढाउन लागेको छ । केबल भूमिगत र खानेपानीका पाइप बिच्छ्याउन सडक विभागले अनुमति दिनैपर्ने छ ।’’ सोही कारण तत्काल काठमाडौंवासी धुलोधुवाँ र हिलोमुक्त नहुने कार्यालयको भनाइ छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया