लोचन रिजाल ब्युँताउँदै छन् बालकृष्ण समको सय वर्ष पुरानो घर

शिलापत्र

काठमाडाै‌ं

 दिनेश गौतम

याे घरमा बालकृष्ण शमशेर राणाले पहिलाेपल्ट च्याँ गरे । उनले थैं.. थैं... गरेकाे । पहिलाे कदम चालेकाे, हुर्केकाे, शमशेर राणा नाम काटेर बालकृष्ण सम बनेकाे घाेषणा गरेकाे घर कस्ताे हाेला ?

प्रिय पाठक, आज हामी बालकृष्ण समकाे ऐतिहासिक घर हेर्न ज्ञानेश्वर जाऔँ ।

भव्य मल्लकालीन शैलीकाे दरबारजस्तै देखिन्छ । तर, सुनसान । आँगनमा केही रुखहरू ठडिएका छन् । पात झरेका हाँगा र सुकेका झारले दरबार जेलिएको छ । कतैकतै देखिन्छ सेतो रङ्ग । ठिङ्ग उभिएको उजाड, खण्डहर र रुग्ण बंगला । घरलाई टेकाले अड्याइएको छ । 

टुँडालमा परेवाको गुँड । चिरबिर चिरबिर चराको आवाजबाहेक मान्छेको आवाज सुनिँदैन । कवि, लेखककाे घरमा चराहरू मालिक हुन आउँछन्  । 

नाट्यसम्राट सम विसं. १९५९ साल २४ माघमा यहाँनेर जन्मिएका थिए । ज्ञानेश्वरको याे अहिलेको उजाड महल जहाँ उनको शैशवकाल बितेको थियो । 

प्रकाशित मिति: : 2021-01-18 12:55:00

प्रतिकृया दिनुहोस्