व्यवसायमा आस्थाको उदय : मिस कन्फिडेन्टबाट साखः ग्रुपको कार्यकारी निर्देशक

नेपाल खबर

काठमाडाै‌ं

सन्तोष न्यौपाने

सानी छँदा आस्था टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुने मिस नेपालको फाइनल ध्यान दिएर हेर्थिन्। त्यसबेला उनलाई रहर लाग्थ्यो– म पनि मिस नेपालमा भाग लिन पाए!

जसै उमेर बढ्दै गयो, सुन्दरी प्रतियोगितामा भाग लिने, मोडलिङ गर्ने, र्‍याम्पमा हिँड्ने उनको रहर पनि बढ्दै गयो।

त्यही रहर पुरा गर्न उनी मिस टिन प्रतियोगितामा सहभागी भइन्। पछि, मिस नेपालमा पनि भाग लिइन्। जसमा उनले ‘मिस कन्फिडेन्ट’को उपाधि समेत हात पारिन्।

तर, बालापनदेखि साँचेको मोडलिङको सपना बिसाएर आस्था साखःले पुस्तैनी व्यवसाय सम्हाल्ने निर्णय गरेकी छन्। अहिले मुलुककै प्रतिष्ठित व्यावसायिक घराना साखः ग्रुपको कार्यकारी निर्देशकको भूमिकामा छिन् उनी।

पुसको अन्तिम दिन। भक्तपुर राधेराधेस्थित साखः ग्रुपको कार्यालयमा उनी फाइल पल्टाइरहेकी थिइन्। कोरोना महामारीका कारण लामो समय अवरुद्ध व्यवसायलाई कसरी गति दिने भन्ने योजना बनाइरहेकी छन्।

आस्था स्कुल र कलेजमा छँदा बास्केटबलको राम्रो खेलाडी थिइन्। उनलाई हामीले सोध्यौँ– बास्केटबल र मोडलिङमा नाम कमाउँदै गर्दा कसरी व्यवसायतिर लाग्नुभयो?

प्रकाशित मिति: : 2021-01-17 14:31:00

प्रतिकृया दिनुहोस्