मर्दाको मलामी : सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेना

रातोपाटी

काठमाडौँ

 

राजेश भण्डारी 

धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीले ज्यान गुमाउँदा सिङ्गो मुलुक आतङ्कित भएको थियो । सिन्धुपाल्चोक, राम्चेकी उनी कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने पहिलो नेपाली थिइन् । ०७७ जेठ ३ मा उनको निधन भयो ।

शव छुन त परको कुरा आसपास जाँदा पनि जिउ सिरिङ्ग हुने माहोल थियो । तर सैन्य जवानहरुले शव टपक्क टिपेर पशुपति आर्यघाटमा ल्याए अनि सैन्य सलामी दिएर दाहसंस्कार गरे ।

‘सलामी सैनिक चलन हो,’ नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीसँग भने– ‘कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेलाई हामीले सलामीसहित सम्मान गर्दै चिरशान्तिको कामना गर्छौं ।’

०७७ जेठमा मन्त्रिपरिषद्ले सङ्क्रमितको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको थियो । सरकारले बनाएको निर्देशिकाअनुसार सेनाले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको समन्वयमा शव व्यवस्थापन गरिरहेको छ ।

काठमाडौँ उपत्यकामा केन्द्रीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको समन्वयमा उपत्यका पृतनाले शव व्यवस्थापन गर्दै आएको छ ।

प्रकाशित मिति: : 2021-01-17 11:15:00

प्रतिकृया दिनुहोस्