हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
यस्तै, बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
यसैगरी, आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाले आइतबार बिहान ६ बजे प्रकाशन गरेकाे आगामी ३ दिनको मौसम पूर्वानुमान यस्ताे छ-
माघ ४ गते (आइतबार)
दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ ५ गते (सोमबार)
दिउँसो : देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
माघ ६ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथापरामर्श
देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका धेरै भूभागमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।