‘दुई रुपैयाँ पाथी धान बेचेर पढेँ’

काठमाडाैं, माघ ३ : कास्कीको पोखरा– १९ लामाचौरमा जन्मेका बाबुराम आचार्य नेपाल सरकारका पूर्वसचिव (सन् २००७–२०१०) हुन्। उनले ३० वर्षभन्दा बढी नापनक्सा, भूमिलगत, जग्गा प्रशासन र व्यवस्थापनका क्षेत्रमा काम गरे। सरकारी सेवाको दौरानमा उनी ६ वर्ष नापी विभागको महानिर्देशक भए।

त्यस्तै, सुशील कोइराला प्रधानमन्त्री (सन् २०१४–२०१५) हुँदा प्रशासनिक सल्लाहकार रहेका थिए। उनै आचार्यको संघर्ष र जागिरे जीवनबारे ‘काठमाडौं प्रेस’ को ‘अवकाश जीवन’ श्रृंखलामा प्रस्तुत गरिएको छ।

दिदी एसएसली फेल हुँदा...

बाबुरामका बुवा खिमलाल आचार्यले कुनै विद्यालय स्तरको शिक्षा लिएका थिएनन्। घरमै पढेका आधारमा वेदसँगै संस्कृत साहित्य पाठ गर्न सक्थे। बाबुरामकी आमा हिमकुमारी साधारण गृहणी थिइन्।

बाबुरामलाई लाउन–खानको कुनै दुःख थिएन। घरको उब्जनीले खान मात्रै होइन, बेच्न पुग्थ्यो। २०१३ सालमा उनका बुवाले पोखरा लामाचौरमा ‘अकला प्राइमरी स्कुल’ खोल्न दुई रोपनी जग्गा दिएका थिए। उक्त विद्यालय स्थापना हुनुले बाबुरामसँगै उनका दिदीबहिनीले पढ्ने मौका पाएका थिए।

२०२२ सालमा दुई विषय लागे पनि एसएलसी पास हुने प्रावधान थियो। उनकी दिदी चन्द्रकुमारीलाई दुई विषय लाग्दा फेल भएको नतिजा प्रकाशित गरियो। किनभने, त्यतिबेला दुई मात्र छात्राले अध्ययन गर्दथे। अर्की छात्रा चारवटा विषय लागेर फेल भएकी थिइन्। ‘एक छात्रा पास हुने, अर्को फेल किन हुने !’ भनी कक्षा शिक्षक र विशेष गरी राजनीतिज्ञ शिक्षकले आफ्नी दिदीलाई फेल गराएको बाबुराम सुनाउँछन्।

प्रकाशित मिति: : 2021-01-16 17:48:00

प्रतिकृया दिनुहोस्