सोमबार, १५ डिसेम्बर २०२५

दिदी नै आमा

सुमित्रा ओस्ती

सुमित्रा ओस्ती

म्यान्मार
News Image
• • •

बाबाको माया आमाकाे काख 
अनि उति नै माया गर्ने मेरी दिदी।
आमा जस्तो माया गर्ने 
अनि बाबा जस्तो कर्म दिने मेरी दिदी।

उ मेरो लागि मेरो संसार हो
अनि मेरो मानको कुरा बुझ्ने मान्छे।
सुखमा पनि साथ दिने, दुःखमा पनि साथ दिने 
सबैभन्दा प्यारी मेरी दिदी।

उ मेरो चाहाना, सपना बिपना हो
उ बाहेक  अरू मेरो कोहि छैन 
अनि मन भरि उसको कल्पना  छ।

सानो छदा आमा बन्ने
ठूलो हुदा साथि बन्ने
संसारमा जिउन सिकाउने
सबैसँग लड्न सिकाउने
मेरी प्यारी दिदी।

सबैसँग मीठो बोली बोल्न सिकायौं
अनि संसार भरिको माया दियौं
तिमी नै मेरी आमा, तिमी  नै साथी 
तिमी नै मलाई कर्म दिने आमा।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!