माघी : थारुलाई बदनाम गराइएको एउटा आदिम सभ्यता

आयोमेल

काठमाडौँ

राजकुमार कान्छा

‘म थारुको छोरो हुँ’ यो भनिरहँदा मलाई गर्व नै लाग्छ। यो मानेमा कि म सधैँ कर्ममा विश्वास गर्ने वर्गको हुँ।

अवश्य पनि मैले भन्नु पर्छ कि थारुहरुको नयाँ वर्ष या आर्थिक वर्ष सुरु भएको छ, माघेसंक्रान्तिका दिनबाट अर्थात् माघ १ गतेबाट। 

एउटा लेख या हजार पन्ध्रसय शब्द लेखेर थारुको माघीको बारेमा सबै भन्न सकिँदैन। त्यत्तिले समेट्न नसकिएला पनि। परन्तु, अलिकति भए पनि जानकारी होस् भन्ने हतुले दुई÷चार शब्द जोड्ने प्रयास गर्दै छु। 

जसबाट गैरथारुहरुलाई पनि थारुहरुको ‘माघ’ पर्वको बारेमा जानकारी होस्। अनि अलिकति थारुका केही भ्रामक कुराहरु जो यथार्थमा के हुन् भन्ने पनि जोड्ने छु। यो भन्दा पहिले माघेसंक्रान्तिको सबैमा शुभकामना पनि।

आउनुस् अलिक पृथक तरिकाले सुरु गरौँ। 

सानो छँदा मैले ‘जिता मर्ना दिन’ भनेको सुनेको थिएँ। तर त्यो भनेको के हो? मलाई थाहा थिएन। बरु मैले यसरी बुझेँ कि पुसको अन्तिम दिनमा गाउँमा सुँगुर मारिन्छ। आज मासु खान पाइने भयो भन्ने लाग्थ्यो। 

विहानै सुँगुर पोल्न लागेको देख्दा हामी साना–साना बालबालिका नजिकै लेस्सिन जान्थ्यौँ। सुँगुर पोल्ने ठूला मान्छेले हामीलाई ‘ल ! खुरी खा भनेर’ खुरमा लागेको माथिल्लो अठिलो भाग निकालेर दिन्थे। 

त्यही पनि हामी मज्जाले खान्थ्यौँ। अहिले सम्झँदा घिन लाग्छ तर त्यो बालापनमा त्यही सौभाग्य ठान्थ्यौँ। पुसको अन्तिम दिनको विहानभरिको सुँगुर पोल्ने कार्यकलापमा हामीलाई पराल खुब बोक्नुपथ्र्यो, त्यो खुर खानका लागि। 

प्रकाशित मिति: : 2021-01-14 16:03:00

प्रतिकृया दिनुहोस्