तानातानमा देउवा : चुनावमा जाँदा नै दोहोरो फाइदा !

लोकान्तर

काठमाडौँ

ईश्वर अर्याल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनले यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सबैभन्दा बढी बिखलन्दमा परेको छ । संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेका बेला सडक संघर्ष र चुनावको तयारीमध्ये कुनलाई प्राथमिकता दिने भन्नेमा कांग्रेस अड्किएको हो । 

गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । त्यसपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संसद विघटनलाई गैरसंवैधानिक र अलोकतान्त्रिक ठहर गर्‍यो तर आन्दोलनमै गइहाल्न सभापति देउवाको मनले मानेको छैन । 

कांग्रेसले त्यसयता केही चरणका आन्दोलनका कार्यक्रम गरिसकेको छ । तर नेकपाको प्रचण्ड–नेपाल पक्षसँग मिलेर संयुक्त मोर्चासहित आन्दोलनमा जान कांग्रेस अझै तयार भइसकेको छैन । 

संसद विघटनलाई प्रतिगमन भन्दै सडकमा ओर्लिएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपा सडक संघर्षलाई प्रभावकारी बनाउन कांग्रेस र जसपासँग संयुक्त मोर्चा बनाउने कसरतमा देखिन्छ । त्यही कसरत अनुरूप बुधवार साँझ सभापति देउवालाई फकाउने प्रयास गरिएको थियो ।

प्रकाशित मिति: : 2021-01-14 15:47:00

प्रतिकृया दिनुहोस्