एकादेशको कथा होइन, ओनसेन

अनलाइनखबर

काठमाडौँ

अशोक क्षेत्री (रेशम)

ओनसेन एकादेशको कथा होइन । यो जापानको वास्तविक कथा हो । बडो उदेकलाग्दो र रहस्यमय छ यो । मनमनै दबाएर राख्नुपर्ने तर यथार्थ । तातो पानीको कुण्ड पनि ओनसेन र यसभित्र सर्वाङ्गै पस्ने पनि ओनसेन ।ओनसेन जापानीहरूको आन, मान र शान हो। विश्वभर नै प्रशिद्दि पाएको ओनसेनमा पहिलोपल्ट छिर्दा चकित परियो। सर्वाङ्गै ! के बच्चा के बुढा, सबका सबै । शुरूमा त ६ वर्षे छोरो र म आपसमा हेराहेर गर्यौं । जापान नभएको भए यो पटक्कै स्वभाविक थिएन । परिस्थिति र समाजले निर्धारण गर्दो रहेछ । खासगरी यात्रुसँग सामाजिक बन्नुको विकल्प रहन्न। क्रमशः सामाजिक बनियो र पछि यो निकै स्वभाविक बन्दै गयो । कुण्ठाको कुनै कैफियत नै बाँकी रहन्न ।

ओनसेनमा भित्रको तस्विर झन गजबको हुँदो रहेछ । तातो वाफको मोहक भित्र मौन, शान्त र दुरुस्त मान्छे । फगत एउटा हाते रूमाल । लाज छोपोस वा पसिना पुछोस, त्यही हाते रूमाल । पहराबाट निस्कने वाफ सहित भोल्कानो झै निस्कन्छ,तातोपानी । यसलाई जापानीमा “जिक्कोगु” भनिन्छ । यसैको बुलबुलमा शरिरलाई चुर्लुम्म डुबाउने योगा झै रहेछ,ओनसेन । होटल-घरहरूमा कृतिम र संसारका कैयन स्थानहरूमा प्राकृतिक ओनसेन छन् । हाम्रोमा पनि तातोपानीको कुण्ड पोखरी छन् । जापान भुकम्प र ज्वालामूखीको जोखिम क्षेत्र हो । हो, यहाँ पनि प्राकृतिक ओनसेनहरू मनग्गे छन् ।

प्रकाशित मिति: : 2021-01-14 12:07:00

प्रतिकृया दिनुहोस्