सोमबार, १५ डिसेम्बर २०२५

अर्बौं लगानीको नेपाली चिया विश्व बजारमा

News Image
• • •

इलामे चियाको सौन्दर्य देख्दा जति आकर्षक छ, पछिल्लो समय यसबाट हुने आम्दानी पनि बढ्दो छ । नेपाली व्यवसायीले गरेको अर्बौं लगानीको प्रतिफल स्वरुप अहिले चिया विश्वका थुप्रै मुलुकमा पुगेको छ । यसबाट अवसर र सम्भावना पनि उसैगरी झाँगिँदैछन् । हरियो चियाको गुणस्तर बढाउन किसान लागि परेका छन् भने उद्योगी लगानी थपेर पूर्वाधार तयार गर्न ।  

आफ्नै बलबुतामा इलामे अर्गानिक अर्थाेडक्स चिया विश्वका लाखौं उपभोक्तासम्म पुर्याउन यहाँका उद्योगी–किसानले कसैको मुख ताकिरहनु परेको छैन । तर, चिया वगान र अन्य पूर्वाधार निर्माण गर्न व्यवसायीले अर्बौं लगानी गर्नु परेको छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!