नेकपाको राजनीति : आफ्नै प्रदेशमा कमजोर बन्दै प्रधानमन्त्री ओली

थाहा खबर

काठमाडाैं

धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भूगोलका आधारमा प्रदेश १ मा १४ जिल्ला र जिल्ला कमिटीको हैसियतमा रहेको १ महानगरपालिका कमिटी सक्रिय छन्। ती जिल्लामा केन्द्रीय सदस्यलाई जिल्ला इञ्‍चार्ज तोकिएको छ। जसले जिल्ला र केन्द्रको नेतृत्वबीच समन्वयको काम गर्छन्।

नेकपामा दुई समूह विभाजन भएसँगै जिल्ला इञ्‍चार्ज पनि बाँडिएका छन् र तीमध्ये अहिले धेरैजसो इञ्‍चार्ज जिल्लाको गतिविधिमा संलग्न छन्। प्रदेश १ मा रहेका १४ जिल्ला र १ महानगरपालिका इञ्‍चार्जमध्ये १४ जना प्रचण्ड–नेपाल पक्षमा छन् भने १ जिल्ला कमिटीका इञ्‍चार्ज ओली समूहतर्फ खुलेका छन। खोटाङका इञ्चार्ज विशाल भट्टराई मात्र ओली समूहमा लागेका हुन्। प्रदेश १ का जिल्ला इञ्‍चार्जमा पनि प्रचण्ड–नेपाल समूहको वर्चस्व देखिएको छ।

कमजोर बन्दै ओली पक्ष

केन्द्रका अधिकांश कमिटीमा चरम अल्पमतमा परेर संसद् विघटनको कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष उनकै गृह प्रदेशको पार्टी कमिटीमा पनि ज्यादै कमजोर देखिएको छ। कानुनी रूपमा नेकपा हालसम्म एकै रहे पनि राजनीतिक गतिविधि र व्यावहारिक हिसाबले मुलुकको सबैभन्दा ठूलो दल विभाजित भइसकेको छ। देशैभरि समूहगत भेला र आरोप–प्रत्यारोपको जुहारी चलिरहेको छ।

प्रकाशित मिति: : 2021-01-11 17:31:00

प्रतिकृया दिनुहोस्