दाहाल र नेपाल निर्वाचन आयोगमा

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड) अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन्।

आयोगले पुष २३ गते पठाएको पत्र र अगाडि बढाइएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन उनीहरु आयोग पुगेको स्रोतले जनाएको छ। 

आयोगले पुस  २३ गते सात दिनभित्र सुधारसहितको थप विवरण उपलब्ध गराउनमा भनेपछि आपत्ति जनाउन आयोग पुगेका हुन्।

उनीहरुले नेकपाको बहुमत केन्द्रीय सदस्य आफूसँग भएकाले आधिकारिकता दिनुपर्ने माग राखेका छन्।

प्रकाशित मिति: : 2021-01-11 13:41:00

प्रतिकृया दिनुहोस्