यस्तो स्कुल जहाँ सिकाइन्छ हलो जोत्न, मोही पार्न, गुन्द्री बुन्न...

सेतोपाटी

काठमाडौँ

समिक्षा अधिकारी

स्कुल जहाँ हलो जोत्न, जाँतो पिस्न, मोहो पार्न, गुन्द्री बुन्न मात्रै होइन, मकै भुट्न, दुनाटपरी गाँस्न पनि सिकाइन्छ। यस्तो कहाँ होला?

तनहुँको एक सामुदायिक स्कुलले गतवर्षदेखि नै आफ्ना विद्यार्थीलाई परम्परागत प्रविधिबारे जानकारी दिँदै जीवन उपयोगी सीप सिकाइरहेको छ।

व्यास नगरपालिका –१, दमौलीस्थित निर्मल उच्च माध्यमिक विद्यालयले सामाजिक, नैतिक र विज्ञान विषयमा आधारित रहेर विद्यार्थीलाई यस्तो सीप सिकाएको हो। विद्यालयका प्रध्यानाध्यापक गणेश बस्नेतका अनुसार विद्यार्थीको पढाइ र वास्तविक जीवनलाई जोड्न यस किसिमको सिकाइ आवश्यक छ। 

'हामीले स्कुलमा पढेका कुरा मात्रै जीवनमा लागू हुनुपर्छ भन्ने होइन। गाउँ घरमा प्रयोग हुने, जीविका चलाउने सीपलाई पनि स्कुलले प्राथमिकता दिन जरुरी छ,' परम्परागत सिकाइबारे बताउँदै उनले भने, 'हाम्रा हजुरबुवा-हजुरआमाले गरेका कामलाई पछिल्लो पुस्ताले बुझ्न, चिन्न जरुरी छ।'

गत वर्षदेखि स्कुलले कक्षा ७, ८ ,९ र १० का विद्यार्थीलाई यस किसिमका व्यावहारिक शिक्षा सिकाउँदै आएको हो। ब्रिटिस काउन्सिल लाइब्रेरीले उपलब्ध गराएको विशेष प्रोजेक्ट मार्फत् स्कुलले यस्ता क्रियाकलाप सञ्चालन गरेको प्राध्यापक बस्नेतले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-01-11 12:07:00

प्रतिकृया दिनुहोस्