बिएल संवाददाता
चेल्सी एफए कपकाे चौथो चरणमा प्रवेश गरेकाे छ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा मोरक्याम्बविरुद्ध ४–० ले विजयी हुँदै चेल्सी एफए कपको चौथो चरणमा प्रवेश गर्न सफल भएकाे हाे।
चेल्सीको जितमा वेर्नरसँगै मासन माउन्ट, कलुम हड्सन ओडोइ र काई हाभर्टजले गोल गरे।
चेल्सीले खेलको १८औं मिनेटमा मासन माउन्टको गोलबाट अग्रता लिएको थियो। उनले कलुम हड्सन ओडोईको पासमा गोल गरेका थिए। ४४औं मिनेटमा हाभर्टजको पासमा वेर्नरले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
४९औं मिनेटमा हाकिमी जियाचको पासमा कलुम हड्सन ओडोईले गोल गर्दै चेल्सीलाई फराकिलो जिततर्फ अग्रसर गराए।
खेल सकिन ५ मिनेट बाँकी रहँदा कप्तान सिजर एज्पिलिक्वेटाको पासमा हाभर्टजले गोल गर्दै चेल्सीलाई ४–० को फराकिलो जित दिलाए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया