रातोपाटी
एलिजा उप्रेती
सरकारी संस्थानहरु डुब्नुमा राजनीतिक नियुक्ति नै प्रमुख कारण रहेको एक अध्ययनले देखाएको छ । संस्थानहरुले आफ्नो क्षमताभन्दा कम उत्पादन गर्नु, प्रतिस्पर्धी बजारको वास्ता नगर्नु, प्रविधि प्रयोगमा ध्यान नदिनु र कर्मचारीले जागिर खाने भाडो मात्र बनाउनु जस्ता कारणले संस्थान डुबेको अध्ययनले देखाएको हो ।
सरकारले उद्योगहरु रुग्ण हुनको कारण र समस्याबाट निक्लने उपायबारे अध्ययन गर्न गठन गरेको रुग्ण उद्योग अध्ययन समितिले गरेको अध्ययनले अधिकांश राजनीतिक नियुक्ति हुने संस्थानहरु डुबेको देखाएको हो ।
समितिका संयोजक पूर्व सञ्चार सचिव दीपक सुवेदीका अनुसार संस्थानका सञ्चालक देखि कर्मचारी सम्मनै व्यावसायिकता नहुँदा संस्थान नाफामा जान नसकेको हो । सुवेदी भन्छन, ‘जुन ठाउँमा विषयवस्तु बुझेका प्रमुख छन त्यहाँ राम्रो छ र जहाँँ सोझै राजनीति नियुक्ति गरिएको छ त्यस्ता संस्थानहरु बिग्रेका छन् ।’
गोरखकाली टायर उद्योग, उदयपूर सिमेन्ट, हेटौडा सिमेन्ट जस्ता संस्थानहरुमा समस्या देखिएको छ । यता कुनै पनि उद्योगलाई लामो समयसम्म रुग्णको दर्जा दिएर नराख्न पनि समितिले सुझाएको छ । रुग्ण भनेर राखेको उद्योगले खर्च मात्र बढाएको र उपयोगीता नभएको अध्ययनमा भनिएको छ । सञ्चालन गरेर नाफामा लैजान सकिनेलाई तत्काल सञ्चालन गर्ने वा कसैलाई सञ्चालनको जिम्मा दिने र सञ्चालन गर्न नसकिनेलाई बन्द गरिदिन पनि समितिले सुझाव दिएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया