मधुसूदन भट्टराई
प्रेम आखिर प्रेम नै हो
प्रणवबाट प्रणेताको प्रादुर्भाव
प्रणेताबाट प्रकृतिको प्रस्तार
प्रकृतिबाट प्राणको प्रस्थापना
अनि प्रत्येक प्राणधारी प्राणीमा प्रेम
प्रेम आखिर प्रेम नै हो
प्राणीको प्रारम्भमा प्रेम, प्रलयमा प्रेम
प्रसङ्गमा प्रेम, प्रबन्धमा प्रेम
प्रमेयमा प्रेम, प्रमाणमा प्रेम
अनि प्रत्येक प्रवर्तन प्रक्रियामा प्रेम
प्रेम आखिर प्रेम नै हो
प्रत्यक्षमा प्रेम, प्रतिक्षामा प्रेम
प्रचण्डमा प्रेम, प्रसन्नतामा प्रेम
प्रवाहमा प्रेम, प्रशान्तमा प्रेम
अनि प्रत्येक प्रचलति प्रहरमा प्रेम
प्रेम आखिर प्रेम नै हो
प्रेमीमा प्रेम, प्रेमिकामा प्रेम
प्रस्तावमा प्रेम, प्रतिज्ञामा प्रेम
प्राप्तिमा प्रेम, प्रार्थनामा प्रेम
अनि प्रत्येक प्रकृष्ट प्रश्नोत्तरमा प्रेम
प्रेम आखिर प्रेम नै हो
प्रसिद्धिका लागि प्रकाश हो प्रेम
प्रगतिको लागि प्रगल्भ हो प्रेम
प्रयासीको लागि प्रेरणा हो प्रेम
प्रोत्साहनको लागि प्रशंसा हो प्रेम
प्रेम आखिर प्रेम नै हो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया