ट्रम्पको ट्विटर अकाउन्ट सधैंका लागि बन्द

बिएल संवाददाता

न्युयाेर्क

ट्विटरले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाे ट्विटर अकाउन्ट सधैँका लागि बन्द गरिदिएकाे छ। 

सामाजिक सञ्जाल ट्वीटरले राष्ट्रपति ट्रम्पको ह्याण्डल @realDonaldTrump स्थायी रुपमा निलम्बित गरिएको जनाएको हो।

ट्विटरले लेखेकाे छ- हालै उनले गरेका ट्विटकाे समीक्षा र घटना विचार गर्दा थप हिंसा भड्काउने जाेखिम देखिएपछि हामीले राष्ट्रपति ट्रम्पकाे अकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छाैँ। 

यसअघि यही जनवरी ६ का दिन भने ट्विटरले ट्रम्पको ट्विटर अकाउन्ट १२ घण्टाका लागि प्रतिबन्ध लगाएको थियो। ट्रम्पको उक्साहटमा उनका हतियारधारी समर्थकले संसद भवनमा आक्रमण गर्दा अहिलेसम्म पाँचजनाको मृत्यु भएको छ।

जाे वाइडेनको जित अस्वीकार गर्न ट्रम्पकै उक्साहटमा त्यो आक्रमण भएको आरोप छ।

ट्रम्पले बुधबार संसद भवनमा आक्रमण गर्नेहरुलाई देशभक्त भनेर धेरै ट्वीट गरेका थिए। आक्रमणपछि पनि ट्रम्पले हिंसा भड्काउने पोस्ट जारी राखेको भन्दै ट्विटरले प्रतिबन्ध लगाएको हो। 

पछिल्लो समय भएका ट्वीटहरुको पुनरावलोकनपछि सदाका लागि सो ह्याण्डल बन्द गर्ने निर्णयमा पुगेको ट्वीटरले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-09 07:43:00

प्रतिकृया दिनुहोस्