सवारी साधनमा सुस्तायो बैंकको लगानी

अनलाइनखबर

काठमाडौँ

रोयल आचार्य

सवारी साधनहरुमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी सुस्ताएको छ । यो क्षेत्रमा हरेक महिना कर्जा लगानी बढ्ने गरेकोमा पछिल्लो समय भने उल्टै घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुले सवारी साधनमा जाने हायर पर्चेज कर्जा १ खर्ब ६८ अर्ब २४ करोड ६० लाख रुपैयाँ लगानी गरेका छन् । अघिल्लो महिनाको तुलनामै हायर पर्चेज कर्जा कम भएको छ ।

कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ६८ अर्ब ३५ करोड ५० लाख रुपैयाँ हायर पर्चेजमा लगानी गरेका थिए । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार यो क्षेत्रमा जाने कर्जा एक महिनामा नै ११ करोड रुपैयाँ भटेको छ ।

कुल कर्जा भने क्रमशः बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले मंसिरमा मात्र ६७ अर्बले कर्जा लगानी बढाएका छन् । बैंकहरुको ३४ कात्तिक मसान्तसम्म खर्ब ३३ अर्ब ३७ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेकामा मंसिर मसान्तसम्म यो रकम ६७ अर्ब बढेर ३५ खर्ब ७ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

सवारीका लागि लिइएका पुरानो ऋण चुक्ता भएको र नयाँ ऋण नथपिएका कारण ऋण कम भएको देखिएको राष्ट्र बैंकका प्रवक्ता भट्टको अनुमान छ । अन्य शीर्षकमा कर्जा लगानी भएर पनि सवारी साधान खरिद गर्ने भएकाले पनि कम भएको हुन सक्ने उनको तर्क छ ।

‘हायर पर्चेजमा बैंक तथा वित्तीय संस्थाहरुको लगानी घटेको देखियो, ठ्याक्कै यही कारणले घट्यो त ल भन्न सकिन्न’, उनले भने, ‘पुरानो ऋण तिरेकाले वा ओभरड्राफ्टमा लगानी भएर पनि कम भएको हुनसक्छ ।’

प्रकाशित मिति: : 2021-01-08 14:50:00

प्रतिकृया दिनुहोस्