४ दुना ९ भोलिबाट प्रशारण हुने

पर्यटन प्रबर्द्धन गर्ने उद्देशका साथ निर्माण गरिएको नयाँ हाँस्य टेलिसिरियल ४ दुना ९ भोलि बिहिबारबाट प्रशारण हुने भएको छ।

मंगलबार नेपाल पर्यटन बोर्डको हलमा आयोजित एक कार्यक्रमका वीच प्रशारणको घोषणा गरिएको छ। 

सिरियल नेपाल टेलिभिजनबाट हरेक हप्ताको बिहिवार साझा ७ बजे प्रशारण हुनेछ। सिरियलको छायांकन ७७ जिल्लामा हुनेछ।

सिरियलमा हरेक जिल्लाभित्र रहेका प्रमुख हिमशृंखला, ताल, नदिनाला, मन्दिर, गुम्बा, चैत्य, प्रमुख जात्रा, पर्व, मेला, लोकनृत्य, जाति विशेषका बाजा तथा भेषभुषा, गरगहना तथा लोक गीतसंगीत, व्यवस्थित पर्यटक लक्षित होटल तथा लज, यातायाको सुविधाको लागि राजमार्ग, विकास निर्माणका काम आदि समेटिने बताइएको छ। 

सिरियलका प्रत्येक भाग ३० मिनेट बराबरका हुनेछन्। ३० मिनेटमा एक भाग समेटिने छन। प्रत्येक जिल्लामा ३ देखि ५ भागसम्म छांयाकन हुने बताइएको छ।

टेलिसिरियलमा राजाराम पौडेल, रबिन्द्र झा, रेशम बुढाथोकी, रामबाबु रेग्मी, अजय रेग्मी, गोबिन्द सुनार, अस्मिता बस्नेत, सेबिता अधिकारी, संगम राई, दिप्त प्रकाश काश्यप, कबिता न्यौपाने, सस्मिता गिरी, भगवती खड्का लगायतको अभिनय रहनेछ । कथाको लेखन रेशम बुढाथोकीले गरेका हुन्।

प्रकाशित मिति: : 2021-01-06 13:44:00

प्रतिकृया दिनुहोस्