डब्लूएचओको आरोप : चीनले अनुसन्धान गर्न दिएन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनले आफ्नो देशमा प्रवेशको अनुमति नदिएको भन्दै रोष प्रकट गरेको छ।

डब्लूएचओको महानिर्देशक डा. टेड्रोस एडहनम गिब्रेयससले कोरोना संक्रमणको सुरुवात कहाँबाट भयो भनेर अनुसन्धान गर्न भनेर गएको विशेषज्ञ टोलीलाई देशमा प्रवेशको अनुमति नदिएको आराेप लगाएका हुन्।

उनले उनले भने, ‘हामीहररू निकै निराश छौं, चीनले अहिलेसम्म आफ्नो देश प्रवेशमा अनुमति दिएको छैन।’

गत वर्ष डिसेम्बर अन्त्यमा चीनको उहान सहरबाट कोरोना संक्रमण सुरु भएको मानिएकाे छ। तर वास्तविकता अझै प्रस्ट हुन नसकेकाले डब्लूएचओका वैज्ञानकि अनुसन्धानमा जुटेको हो।

त्यसका लागि गत जनवरीमै डब्लूएचओले विशेषज्ञकाे टोली बनाएर उहान जाने तयारी गरिरहेको थियो।

डा. टेड्रोसले भने, ‘ म चीनका वरिष्ठ अधिकारीलाई सम्पर्क गरी मैले यो कुरा डब्ल्यूएचओका लागि प्राथमिकतामा छ भनेर भनेको छु।’

प्रकाशित मिति: : 2021-01-06 07:35:00

प्रतिकृया दिनुहोस्