बिएल संवाददाता
आत्मनिर्भर पालिका बनाउन सोलुखुम्बको थुलुङ दुधकोशी गाउँपालिका र लक्ष्मी बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
उद्यमशीलता र स्वरोजगारको लागि व्यवसायिकता मार्फत आत्मनिर्भर पालिका निर्माणका लागि गाउँपालिका र लक्ष्मी बैंक बिच सहुलियतपुर्ण कर्जा सहजिकरण कार्यक्रम सन्चालनका गर्ने सम्झौता भएको हो ।
बैदेशिक रोजगारीबाट सीप, अनुभव र धेरथोर पूँजीसमेत संकलन गरी स्वदेश फर्किएका युवालाई पुन: विदेशिनुपर्ने बाध्यताबाट रोकी उद्यमशिलतासँग जोडेर विदेशबाट आर्जित सीप अनुभव र पुँजि स्वदेशमा नै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुर्याउने र वित्तीय पहुँच एवम् वित्तिय समावेशीतामा अभिवृद्धि गर्ने सम्झौता भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
एक समारोहबीच सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष राई र लक्ष्मी बैंकका प्रमुख रिटेल फिनानसियल दिनेश अमात्यले हस्ताक्षर गरेका छन्।
नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ संशोधनअनुसार थुलुङ दूधकोशी गाउँपालिकासँग सहुलियतमा कर्जा सहजीकरण कार्यक्रम सञ्चालनका सम्झौता गरिएको बैंकले जनाएको छ ।
सहुलियतपूर्ण कर्जा लिनका लागि क्षमता विकास गरी सक्षम बनाउने, उद्यमशीलताका माध्यमबाट व्यक्तिलाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गर्ने, उद्यमशीलता र स्वरोजगारको लागि नेपालमै सम्भावना भएकाले सकारात्मक सोचको प्रवर्द्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुर्याउने सम्झौताको मुख्य ध्येय रहेको राईले बताए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया