सोमबार, १५ डिसेम्बर २०२५

रुकुम पश्चिममा भिरबाट लडेर एकजनाको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

रुकुम पश्चिम
Breaknlinks
• • •

रुकुम पश्चिममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। 

मुसिकोट नगरपालिका–१४, स्थित हिलहाल्ने भिरबाट लडेर त्रिवेणी गाउँपालिका–१० का ५४ वर्षीय हरिबहादुर खड्काको मृत्यु भएको हो।

प्रहरीका अनुसार उनी पुस १८ गतेदेखि बेपत्ता रहेका थिए। खड्कालाई आफन्तले खोजी गर्ने क्रममा सोमबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ।

उनी भिरबाट करिब ३०० मिटर तल खसेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!