बिएल संवाददाता
पुष्पा थपलिया
‘अँध्यारोदेखि मान्छेलाई डर लाग्छ तर फिल्म हल पनि त अँध्यारै हुन्छ,’ नायक दयाहाङ राईले कुरा सुरु गरे, आफू पहिलोपल्ट अँध्यारो हल छिर्दाको अनुभवबाट।
भोजपुरको सानो हाइभिजन हल (भिडियो हल)मा बडेमानको साथ लागेर दयाहाङ पहिलोपल्ट अँध्यारो हलमा छिरेका रहेछन्। टिनले छाएको करिब एक सय जना अटाउने हलभित्र छिर्दा त्यहाँ गीत बजिरहेको रहेछ। दयाले भने, ‘गीतसँगै पर्दामा एउटा छायाँ चलिरहेको थियो। मलाई त सिनेमा भनेको यस्तै हुनेरहेछ भन्ने लाग्यो।’ उनले पछि मात्रै थाहा पाएछन्। त्यो त पंखा चलेको छायाँ पो रहेछ। असली फिल्म त गज्जबकै हुने रहेछ नि। उनले त्यो समयमा 'कसम' नामको नेपाली फिल्म हेरेका रहेछन्।
चाख मानेर कुरा सुनिरहेका लेखक बुद्धिसागर पनि आफ्नो पहिलो फिल्म अनुभव सुनाउन तम्सिए। भने, ‘पहिलोपल्ट भिडियो हलमा छिर्दा बडेमानको पर्दा लगाएको देखें। ए त्यै भित्र होला फिल्म भन्ठानेको थिएँ। हामी तीन घण्टाअघि हलभित्र छिरेकाले निकै कुर्नुपर्यो। पर्दा खुल्ला भन्यो खुल्दैन। अब खुल्ला भन्यो खुल्दैन। मनभित्र लौ खत्तम भो। हामीलाई नदेखाई फिल्म अरुले मात्रै हेर्यो भन्ने लाग्यो। फिल्म हेर्न नपाइने भयो भनेर खलखली पसिना नै आयो,’ उनले थपे, ‘पछि पो थाहा भयो फिल्म त पर्दा माथिबाट पो आउने रहेछ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया